चक्रपथ दोस्रो खण्ड विस्तार कार्य अझै सुरु हुन सकेन, दसैंपछि मात्र निर्माण थालिँदै
kendrabindu.com · Sun Jun 28 01:14:37 GMT 2026

काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारमा पटक–पटक दुई देश (चीन र नेपाल) का अधिकारीबीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै सुरु हुन सकेको छैन । सुरु–सुरुमा कहिले नेपाल सरकारबाट तयारीको काम समयमै नहुँदा त कहिले चिनियाँ टोली नआउँदा समस्या भएको थियो ।
अहिले सबै प्रक्रिया पूरा हुँदासमेत निर्माणको काम अघि बढ्न सकेको छैन । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्याल नेतृत्वको टोली केही समयअघि चक्रपथ विस्तारको डिजाइन फाइनल गर्नेबारे छलफल गर्न चीन पुगेको थियो ।
Read full story at source (kendrabindu.com)