अविरल वर्षापछि माइतीघर डुबानमा, सवारी र पैदलयात्रीलाई सास्ती (तस्वीर)
nepalviews.com · Sun Jul 19 13:51:54 GMT 2026

काठमाडौं । आइतबार दिउँसो परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको छ ।
सडकमा पानी जम्दा साना तथा ठूला सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको थियो। पैदलयात्रीहरू पनि पानी छल्दै जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य भएका थिए।
Read full story at source (nepalviews.com)