घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता–मूल्य झनै कम
baahrakhari.com · Sun Jul 19 13:50:10 GMT 2026

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाएको छ । बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।
नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा तीन वर्षको सट्टा अधिकतम पाँच वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलोपटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकहरूका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)