सुनसान लुम्बिनी: भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न व्यवसायीको माग
nagariknews.nagariknetwork.com · Sun Jul 19 13:47:40 GMT 2026

यसपटक अफसिजनमै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको बताइए पनि बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान बनेको छ।
रुपन्देहीको बेलहिया नाकाबाट दैनिक सयौं भारतीय तथा अन्य मुलुकका पर्यटक नेपाल प्रवेश गरिरहेका छन्। अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्मको साढे ६ महिनामा यो नाकाबाट ५८ हजार ४५१ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यसबाहेक हजारौं भारतीय पर्यटक पनि यही नाका हुँदै नेपाल आउने गरेका छन्। तर, बेलहिया नाकाबाट सबैभन्दा नजिक रहेको बुद्ध जन्मस्थल लुम्बिनीले भने त्यसको अपेक्षित लाभ लिन सकेको छैन।
Read full story at source (nagariknews.nagariknetwork.com)