उपत्यकामा सडक जलमग्न
canadanepal.com · Sun Jul 19 14:01:51 GMT 2026

काठमाडौँ - लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्, जसका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार समग्र ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको छ। उहाँले पानी जमेका स्थानमा सवारीसाधन एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले दुर्घटनाको सम्भावना बढ्ने बताए।
Read full story at source (canadanepal.com)