सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ
ratopati.com · Sun Jul 19 14:27:52 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो।
प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६÷९६ प्रतिशत रोपाइँ भएको छ । कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिए। उनका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ।
Read full story at source (ratopati.com)