पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिँदै
barnanmedia.com · Sat Aug 29 14:40:45 GMT 2026

नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न सुरु गरिएको छ । फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रबाट हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६ वटाको पहिचान भई आफन्तलाई जिम्मा लगाइएको छ भने बाँकी शवहरूलाई सुरक्षित तवरले दफन गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
शवहरूलाई लामो समयसम्म फ्रिजमा राख्न नसकिने अवस्था भएपछि जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को प्रोटोकलअनुसार जमिनमुनि सुरक्षित राख्ने निर्णय गरेका हुन् । शव व्यवस्थापनका लागि १.५ मिटर गहिरो खाडल खनिएको छ, जहाँ प्रत्येक शवलाई छुट्टाछुट्टै राखिनेछ । दुईवटा शवको बिचमा ४० सेन्टिमिटरको दूरी कायम गरिने र ठाउँको बचतका लागि एउटाको टाउको र अर्कोको खुट्टाको भाग मिलाएर राखिनेछ । प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने खालको संकेत चिन्ह (ट्याग) राखिनेछ । भरतपुरमा संकलन गरिएका शवहरूलाई ‘बिएचएफ ०१, ०२’ जस्ता कोडिङ गरेर नम्बरिङ गरिएको छ ।
Read full story at source (barnanmedia.com)