एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
ratopati.com · Sun Jul 19 15:11:24 GMT 2026

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ।
‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो। सो मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो । बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको जनाइएको छ।
Read full story at source (ratopati.com)