सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु
nagariknews.nagariknetwork.com · Sun Jul 19 15:08:16 GMT 2026

टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदि अटोपार्ट्स प्राइभेट लिमिटेडले आफ्ना च्यानल पार्टनर्सको दोस्रो पुस्ता (नेक्स्ट जेनेरेसन) लाई लक्षित गरी पहिलो पटक विशेष उद्यमशीलता विकास तालिम ‘च्यानल पार्टनर्स इन्टरप्रेनरसिप डेभलपमेन्ट २०२६’ को भव्य शुभारम्भ गरेको छ।
काठमाडौंमा आयोजित उक्त सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सिप्रदी अटो पार्ट्स प्रा.लि.द्वारा आयोजित विशेष तालिम कार्यक्रम आज औपचारिक रूपमा सुरु भएको हो। स्थापित अटोपार्ट्स व्यवसायलाई निरन्तरता दिन, पुस्तान्तरणलाई सहज बनाउन र नयाँ पुस्ताका युवाहरूलाई विदेश पलायन हुनुको साटो स्वदेशमै रहेर उद्यमशीलताका प्रचुर सम्भावनाहरू पहिल्याउन र आफ्नो व्यवसायलाई आधुनिक तवरले अघि बढाउन मार्गदर्शन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)