कर्णालीमा सत्ता संकट : नेकपाका सचेतक भन्छन्– वाममोर्चाको विपक्षमा छैनौँ, वातावरण त बन्नु पर्यो नि !
shilapatra.com · Sun Jul 19 15:27:56 GMT 2026

एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यामलाल कँडेल अल्पमतमा छन् । कांग्रेस र एमालेबीच दुई वर्षअघि बनेको गठबन्धन भत्किएसँगै नयाँ समीकरणको खेल सुरु भएको छ । कांग्रेसले नेकपासँग मिलेर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सत्ता परिवर्तनको बहस चुलिएको छ । मुख्यमन्त्री कँडेल नेतृत्वको मन्त्रीमण्डलबाट बुधबार (३१ असार) मा कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका थिए ।
मन्त्रीको राजीनामापछि नेकपाका ११ र कांग्रेसका पाँच सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । तर, यसपटक रोचक पक्ष के छ भने अविश्वास प्रस्तावको अग्रसरता लिएको नेकपाभित्रै कांग्रेससँग सहकार्य गर्ने विषयमा सार्वजनिक रूपमा असन्तुष्टि देखिन थालेको छ । पार्टीका वरिष्ठदेखि प्रदेश तहका नेतासम्मले कांग्रेससँग सरकार बनाउने हतारोप्रति प्रश्न उठाएका छन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, टेकबहादुर बस्नेत र नरेश भण्डारीलगायतका नेताले पार्टीले सत्ता परिवर्तनको खेलमा नलाग्ने निर्णय गरिसकेको स्मरण गराउँदै कांग्रेस–एमालेबीच सहमति सम्भव भए उनीहरूले नै सरकार चलाउनुपर्ने धारणा राखेका छन् ।
Read full story at source (shilapatra.com)