भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
ratopati.com · Sat Mar 22 17:00:00 GMT 2025

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा आज एक समारोहबीच २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्णजयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए ।
राजदूत श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति योजनाको २३औँ ब्याचका पुरस्कृतहरूका साथै रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरूलाई आ-आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न आग्रह गरे । उनले भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने सङ्लग्नतामार्फत उपलब्ध हुने अवसरमाथि प्रकाश पारेका थिए ।
Read full story at source (ratopati.com)