आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु
himalpress.com · Sun Jun 28 01:28:51 GMT 2026

काठमाडौँ- प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा निधन भएको छ ।
शनिबार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा धनवाङतर्फ जाँदै गरेको लुप्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो । उपप्रमुख राना मगर आफैँले चलाइरहेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)