कोलम्बिया र पोर्चुगलले खेले गोलरहित बराबरी, दुवै नकआउटमा
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलमा पोर्चुगल र कोलम्बियाले बराबरी खेलेका छन् । आइतबार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कोलम्बियाका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेसँगै खेल बराबरीमा सकिएको हो ।
कोलम्बियाका प्रहारलाई पनि पोर्चुगलका गोलकिपरले रोकेका थिए । कोलम्बियाले ६ प्रहार र पोर्चुगलले दुई प्रहार खेल फालेको थियो । खेलमा कोलम्बिया नै हावी देखियो । कोलम्बियाले साढे ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा पार्न सफल भएको थियो ।
Read full story at source (hamrakura.com)