राहत सामग्री पठाउनुअघि विवरण उपलब्ध गराउन विपद् प्राधिकरणको आग्रह
lokaantar.com

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउँदा निर्धारित प्रक्रियाअनुसार समन्वय गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
प्राधिकरणले राहत सामग्री प्राप्ति, भण्डारण तथा वितरण कार्यलाई थप प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकास तथा प्रयोग भइरहेको जनाएको छ । राहत व्यवस्थापनलाई व्यवस्थित र दोहोरोपन हुन नदिन राहत उपलब्ध गराउने निकायले सामग्री पठाउनुअघि त्यसको विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको हो ।
Read full story at source (lokaantar.com)