अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प
kendrabindu.com · Sun Jun 28 01:49:44 GMT 2026

काठमाडौं । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।
अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । युएसजिएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।
Read full story at source (kendrabindu.com)