बेलायती राजतन्त्रमा ठूलो तरंग, राजा चार्ल्सले ६८ करोड पाउन्डको हिसाब जनतालाई देखाउने
barnanmedia.com · Thu Jun 25 21:35:00 GMT 2026

बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।
यो विवरण बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सार्वजनिक गर्ने तयारी गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्। बेलायती करदाताले राजतन्त्रका गतिविधिहरूका लागि आर्थिक सहयोग गर्दै आएका छन्। गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा दरबारको नवीकरण खर्चसमेत समावेश थियो।
Read full story at source (barnanmedia.com)