ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ratopati.com · Sun Aug 10 18:05:00 GMT 2025

मुस्ताङ । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर यहाँको घरपझोङ–३ स्याङ स्थित बेनी–जोमसोम सडक मार्गमा आइतबार साँझ करिब साँढे ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए ।
Read full story at source (ratopati.com)