नेपाल-इङ्ल्याण्डबीचको खेल काठमाडौं महानगरले सात स्थानमा प्रत्यक्ष देखाउने
ekantipur.com · Sun Feb 08 09:18:16 GMT 2026
काठमाडौँ — टी-२० क्रिकेट विश्वकवअन्तर्गत आज नेपाल र इङ्ल्याण्डबीच हुने खेल काठमाडौं महानगरपालिकाले विभिन्न सात स्थानमा प्रत्यक्ष देखाउने भएको छ । महानगरले निर्वाचन आयोगको सहमतिमा महानगरका विभिन्न सार्वजनिक स्थानमा नि:शुल्क प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।
महानगरपालिकाले टुँडिखेल, तीनकुने, नन्दीकेशर बगैंचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबलीमा ठूलो स्क्रिनमा खेल हेर्न सकिने जनाएको छ । महानगरले जारी गरेको सूचनामा भनिएको छ, 'टी-२० क्रिकेट विश्वकप २०२६ मा खेल्ने नेपाली क्रिकेट टोलीलाई विजयको शुभकामना, खेलाडीलाई हौसला प्रदान गरौँ । उनीहरुको आत्मविश्वाश, समूहगत क्षमता, धैर्यता, एकाग्रता, एथ्लेटिक क्षमता, रणनीतिक सोच जस्ता गुणको प्रोत्साहन गरौँ ।'
Read full story at source (ekantipur.com)