भोटेकोशी बाढी : जुम्लाका सम्पर्कविहीन नागरिकको खोजी कार्य जारी
ratopati.com · Sat Aug 29 15:22:08 GMT 2026

जुम्ला । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका जुम्लाका नागरिकको खोजी र उद्धार जारी छ । पातारासी गाउँपालिकाबाट सबैभन्दा बढी रोजगारीका लागि रसुवा पुगेकामध्ये ७६ सम्पर्कविहीन भएकामा हालसम्म १८ जना परिवारको सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीन भएका नागरिकको खोजी र सम्पर्कमा आएकाको उद्धार कार्यलाई अगाडि बढाउनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । उनका अनुसार रसुवामा कामका लागि पुगेका पालिकाभित्रका सबैभन्दा बढी वडा नं ४, ५, ६ का स्थानीय छन् ।
Read full story at source (ratopati.com)