नेपाल-चीन सिमानामा फेरि बाँध फुट्न सक्ने चिनियाँ दाबी
himalpress.com · Thu Aug 27 11:07:27 GMT 2026

काठमाडौँ- चीनको जलस्रोत मन्त्रालयले नेपाल र चीन सिमानास्थित छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँध (ब्यारियर लेक) बनेको दाबी गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी बाहिरिनसमेत थालेकाले सम्भावित बाँध फुट्ने जोखिम बढेको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ। त्यसपछि तालमा पानीको मात्रा करिब ५० लाख घनमिटर पुग्न सक्ने भएकाले बाँध फुट्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन्।
Read full story at source (himalpress.com)