अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
ratopati.com · Sun Jul 19 21:44:00 GMT 2026
काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ। खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका हुन् ।
अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सुरु भएको दोस्रो हाफमा स्पेनले आफ्नो आक्रामक लयलाई गोलमा परिणत गर्न सफल भयो। खेलको ९०+४औँ मिनेटमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले लगातार दबाब सिर्जना गरिरहेको थियो, जसको फाइदा उठाउँदै टोरेसले बललाई जाली चुमाए। टोरेसको यो गोलसँगै स्पेन उपाधि जित्ने निकै नजिक पुगेको छ।
Read full story at source (ratopati.com)