फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता
nepalsamaya.com · Sun Jul 19 22:12:52 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। स्पेनले खेलभरि अर्जेन्टिनाको पोस्टमा लगातार दबाब बनाएको थियो। स्पेनले १२ पटक 'अन टार्गेट' प्रहार गर्दा २० पटक गोलको प्रयास गरेको थियो भने अर्जेन्टिनाले एकपटक पनि 'अन टार्गेट' प्रहार गर्न सकेन। अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका थुप्रै प्रहारहरूलाई विफल पारिदिँदा खेल थप रोमाञ्चक बनेको थियो।
Read full story at source (nepalsamaya.com)