पहिचान नभएका तथा वेबारिसे शव व्यवस्थापन निर्देशिका संशोधन
ratopati.com · Sat Aug 29 15:36:00 GMT 2026

काठमाडौँ । सरकारले पहिचान नभएका तथा वेबारिसे अवस्थामा भेटिएका शवहरूको व्यवस्थापनलाई थप व्यवस्थित र स्पष्ट पार्न ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ स्वीकृत गरी लागू गरेको छ ।
नेपाल प्रहरी ऐन, २०१२ को दफा २२ (क) को प्रयोजनका लागि साविकको ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ लाई संशोधन गर्दै नयाँ प्रावधानहरू थपिएका हुन् । गृह मन्त्रालयद्वारा जारी गरिएको निर्देशिकाले शव व्यवस्थापनको परिभाषालाई व्यापक बनाउँदै शवलाई पूर्ण रूपले अन्त्येष्टि नगरी अस्थायी रूपमा गरिने व्यवस्थापनलाई पनि ‘शव व्यवस्थापन’ का रूपमा समेटेको छ ।
Read full story at source (ratopati.com)