६० घण्टापछि टिमुरेमा छ वर्षीया बालिकाको जीवितै उद्धार
barnanmedia.com · Sat Aug 29 15:31:00 GMT 2026

भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी ६ वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ।
सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो। गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)