अभिनेत्री अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाउँदा उत्साहित पाएकोमा खुसी
barnanmedia.com · Sat Jan 25 09:37:55 GMT 2025

काठमाडौँ, १२ माघ : अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले मनपर्ने र प्रतिभाशाली कलाकारहरूसँग काम गर्न पाउनु सम्मानको कुरा भएको बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रो नयाँ परियोजना ‘परान’ को आधिकारिक हिस्सा भएको कुरा साझा गर्न पाउँदा उत्साहित छु। मेरा केही मनपर्ने र प्रतिभाशाली कलाकारहरूसँग काम गर्न पाउनु सम्मानको कुरा हो। यो कथालाई जीवन्त पार्ने र नवोदित निर्देशक दीपकप्रसाद आचार्यलाई स्वागत गर्ने अवसरको लागि आभारी छु।
Read full story at source (barnanmedia.com)