जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
ratopati.com · Sun Jun 28 02:21:36 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ।
खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्। अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरेको थियो, जसको फलस्वरूप पहिलो गोल निकाल्न सफल भयो।
Read full story at source (ratopati.com)