एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, लगातार दुई विश्वकपमा ‘गोल्डेन बुट’
ajakoartha.com · Mon Jul 20 00:49:00 GMT 2026
काठमाडौं- फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप फुटबलको इतिहासमा लगातार दुई संस्करणमा ‘गोल्डेन बुट’ जित्ने पहिलो खेलाडी बनेका छन्। २७ वर्षीय एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै यो ऐतिहासिक सफलता हात पारेका हुन्।
सन् २०२६ को विश्वकपमा एम्बाप्पेले कुल आठ खेल खेल्दै १० गोल गरेका छन्। उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन्। यसअघि कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए। लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने एम्बाप्पे पहिलो खेलाडी हुन्।
Read full story at source (ajakoartha.com)