अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
nepalviews.com · Mon Jul 20 01:11:27 GMT 2026

एजेन्सी । मध्यपूर्व युद्ध पुनः सुरु भएको र पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आइतबार इरानमाथि हवाई आक्रमण गरेको छ। यो आक्रमण इरानलाई ‘सजाय’ दिनका लागि भएको बताइएको छ । इरानले पनि अमेरिकी आक्रमणको तत्काल प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरेको जनाएको छ । यो आक्रमण एक सातादेखि बढ्दै गएको आक्रमणको जवाफमा भएको इरानले बताएको छ ।
तेहरानले विमानस्थल, रेलवे स्टेसन र पुलहरूमाथि निशाना बनाइएको आरोप लगाएको छ । हर्मुज जलडमरूमध्यमा नियन्त्रणका लागि दुवै पक्षबीच लडाइँ बढेपछि युद्ध अन्त्य गर्नका लागि तयार पारिएको प्रारम्भिक सम्झौता भाँडिएको छ। यो जलमार्ग विश्वको तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण छ । इरानी सेनाले कुवेतका दुई अमेरिकी आधारमा ड्रोन आक्रमण गरेको बताएको छ ।
Read full story at source (nepalviews.com)