एभीएमका प्रजित र वियंका च्याम्पियन
baahrakhari.com · Sat Aug 29 15:55:24 GMT 2026
काठमाडौं । प्रजिल भट्टराई र वियंका राईले १३ औँ पूर्णमान बज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
एभीएमका प्रजिल पुरुषतर्फ तथा वियंका महिला खुला सिंगल्समा च्याम्पियन बने । पुरुषको फाइनलमा प्रजिलले नेपाल प्रहरीका एलेक्स महर्जनलाई ११–६, ११–८ र ११–८ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा वियंकाले भोर्टेक्सकी दीक्षा दाहाललाई सीधा सेटमा ११–७, ११–८ र १२–१० ले हराइन् ।
Read full story at source (baahrakhari.com)