देशभर ८० राजमार्गमा बाढी पहिरोको जोखिम
kendrabindu.com · Mon Jul 20 01:43:11 GMT 2026

काठमाडौं । बर्खायाम सुरु भएसँगै देशभरका ८० वटा राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढेको छ। नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा दैनिकजस्तो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्राविधिकको सहायतामा पन्छाएर सवारी सञ्चालन गर्ने गरिएको सडक विभागले जनाएको छ।
यस खण्डमा पहिरोको जोखिम बढिरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन रोक्ने गरेको छ। शनिबार राति र आइतबार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार नारायणगढ–मुग्लिन र नागढुंगा–मुग्लिन सडकमा राति सवारी आवागनमा रोक लगाइएको थियो ।
Read full story at source (kendrabindu.com)