गत वैशाखयता विपद्का घटनामा एक सय ६६ जनाको मृत्यु
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ । गत वैशाख महिनादेखि हालसम्म मुलुकका विभिन्न भागमा घटेका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परेर १६६ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस चार महिनाको अवधिमा देशभर कुल ३ हजार ४३५ वटा विपद्का घटना भएका छन्। ती घटनाहरूमा परी ९८८ जना घाइते भएका छन् भने कुल ४ हजार ५३१ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
समीक्षा अवधिमा मुलुकभर सबैभन्दा बढी आगलागीका घटना भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यस चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए। यस्तै सर्पदंशका ५३५, पहिरोका ४९५, हुरीबतासका ४७८, चट्याङका २२९, डढेलोका १९१, जनावर आक्रमणका १९०, बाढीका १७१ र भारी वर्षाका १६६ वटा घटना घटेका छन्। यसबाहेक लेक लागेका ५५, असिनाका चार, हिउँ पहिरोका दुई, डुङ्गा पल्टेको एक र अन्य चार वटा विपद्का घटनाहरू दर्ता भएका छन्।
Read full story at source (hamrakura.com)