फिस्लिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
nepalnews.com · Mon Jul 20 01:56:07 GMT 2026

चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राती बन्द गरिएको नारायणगढ–मुग्लिन सडक खण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ।
Read full story at source (nepalnews.com)