वन्यजन्तुको आक्रमणबाट प्रभावितलाई निकुञ्जले दियो १ करोड २९ लाख राहत
shilapatra.com · Mon Jul 20 01:58:00 GMT 2026

चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली तथा पशुधन क्षतिबापत उक्त रकम वितरण गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य चोटपटक भएका व्यक्तिको उपचारका लागि एक लाख ३४ हजार १७६, गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ वितरण गरिएको छ ।
Read full story at source (shilapatra.com)