मौसम सुधारको संकेत, केही स्थानमा मात्र भारी वर्षा हुने
himalpress.com · Mon Jul 20 02:08:27 GMT 2026

काठमाडौँ – देशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिन मौसमको समग्र प्रवृत्तिमा भने ठूलो परिवर्तन हुने छैन । अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने र एक–दुई स्थानमा मात्रै भारी वर्षा हुने सम्भावना रहे पनि अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था भने तत्काल नदेखिएको मौसमविद् महर्जनले बताइन् ।
Read full story at source (himalpress.com)