झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
arthadabali.com · Mon Jul 20 02:21:36 GMT 2026

भद्रपुर / डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३७३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २७० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा छन् ।
उक्त घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
Read full story at source (arthadabali.com)