निरज आचार्यको प्रश्न : विगत ३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन, दोषजति सबै थोपरेर हुन्छ ?
shilapatra.com · Mon Jul 20 02:33:00 GMT 2026

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् ।
उनले एमालेलाई लक्षित गरेर ‘३५ वर्षमा के गर्यौ ?’ भन्ने प्रश्न उठाउनु तथ्यविपरीत रहेको जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ‘३५ वर्षमा तिमीहरूले के गर्यौ ?’ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरी आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् ।
Read full story at source (shilapatra.com)