विश्वकप विजेता स्पेनलाई पाँच करोड १० लाख डलर पुरस्कार : अन्य ४७ टोलीले कति पाउँछन् ?
nagariknews.nagariknetwork.com · Mon Jul 20 03:46:48 GMT 2026
फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमानञ्चक फाइनल खेलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि चुमेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अनि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फरवार्ड फेरान टोरेसले १०६औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन्। यो हारसँगै लियोनल मेस्सीको नेतृत्वमा लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना अधुरै रह्यो। उता मेस्सीले आफ्नो सम्भावित अन्तिम विश्वकप उपविजेताका रूपमा टुङ्ग्याए। खेलको समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै मैदानमा उपस्थित भएर विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)