मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार: ढोग,आशिर्वाददेखि लिएर विकास,रोजगारी र प्रविधिका कुरा
newsofnepal.com · Sun Feb 08 17:33:04 GMT 2026

म्याग्दी।
फागनु २१ मा हुन लागेको निर्वाचनको मिति जतिजति नजिकिँदै छ हिमाली जिल्ला म्याग्दीमा चुनावी माहोल बढ्दै गएको छ । बिहानी पख डम्म कुहिरोले ढाकिने गाउँवस्ती दिन छिपिदै जाँदा बिस्तारै खुल्दै गएर सफा देखिन थालेपछि यहाँको चुनावी सरगर्मी पनि तापिलो र रापिलो बन्दै गएकोहुन्छ । जनभेटघाटको लागि गाउँ वस्तीमा पुगेका उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक किसिमकका उपायहरु लगाइरहेका छन् । ढोग्ने,आर्शिवाद लिने,अंगालो हाल्ने,हात समातेर पाँचसात पाइलासँगै हिड्ने,दुःखसुख सोेध्ने,छोराछोरी र परिवारको खैखबर लिने जस्ता आत्मीय भाव झल्किने उदात्त व्यवहार प्रदर्शन गरेर मतादाताको मन जित्ने प्रयास गरिरहेका छन् । यस्तो लाग्छ चुनाव जितेर गएपछि वा चुनाव बाहेकको अरु समयमा पनि यस्तै आत्मीयतापूर्ण व्यवहार जनताप्रति भैदिने होभने जनतालाई किन दुःख हुँदोहो ? नेता र राजनीतिप्रति किन वितृष्णा उत्पन्न हुँदोहो र ??
Read full story at source (newsofnepal.com)