नागरिक उड्डयन क्षेत्रमा ठूलो संरचनागत सुधारको प्रस्ताव, क्यान अब नियामक भूमिकामा मात्रै
tourismface.com · Mon Jul 20 04:21:26 GMT 2026
काठमाडौं । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनर्संरचना गर्ने उद्देश्यले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रस्तावित कानुनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियमन र सेवा प्रवाहसम्बन्धी दोहोरो जिम्मेवारी अन्त्य गर्दै दुवै कार्यलाई छुट्टाछुट्टै संस्थामार्फत सञ्चालन गर्ने व्यवस्था अघि सारेको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले लामो समयदेखि नियामक निकाय र सेवा प्रदायक एउटै संस्थाअन्तर्गत रहँदा स्वार्थ बाझिने जोखिम रहने भन्दै नेपाललाई संरचनागत सुधार गर्न सुझाव दिँदै आएको थियो। नयाँ मस्यौदाले सोही सुझावलाई कार्यान्वयन गर्ने आधार तयार गरेको छ।
Read full story at source (tourismface.com)