रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन
barnanmedia.com · Thu Aug 27 11:05:45 GMT 2026

काठमाडाैँ । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो ।
यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन । उनकाअनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उनले जानकारी दिइन् ।
Read full story at source (barnanmedia.com)