परराष्ट्र मन्त्रालयद्वारा आपत्कालीन प्रतिकार्य टोली गठन
reportersnepal.com · Thu Aug 27 11:15:22 GMT 2026

काठमाडौँ, ११ भदौ । रसुवा जिल्लामा गएको भोटेकोशीको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली (इआरटी) गठन गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको इआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ ।
Read full story at source (reportersnepal.com)