उद्धार कार्यमा बाधा पुगेको भन्दै बाढी प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह
techpana.com · Sat Aug 29 16:14:06 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रहरूमा अनुमति बिना ड्रोन नउडाउन सर्वसाधारण र सरोकारवालाहरूलाई सचेत गराएको छ । रसुवा, नुवाकोट लगायतका जिल्लामा भइरहेको हेलिकप्टरमार्फतको उद्धार तथा राहत कार्यमा अनधिकृत ड्रोन उडानले अवरोध पुर्याएको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा ठुलो धनजनको क्षति भएको थियो । उक्त प्रभावित क्षेत्रमा हाल नेपाल सरकार, गृह मन्त्रालय, नेपाली सेना र निजी क्षेत्रको समन्वयमा हेलिकप्टरमार्फत उद्धार कार्य भइरहेको छ । तर, केही व्यक्ति तथा संस्थाहरूले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाइरहेकाले हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको प्राधिकरणको ठहर छ ।
Read full story at source (techpana.com)