निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
canadanepal.com · Mon Jul 20 04:54:34 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत रु. एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि रु एक लाख ३४ हजार १७६, गम्भीर घाइतेको उपचारका लागि रु. २९ लाख ४२ हजार ४८१, पाँच जना मानिसको मृत्यु भएको र उनीहरूलाई रु. ५० लाख राहत प्रदान गरिएको छ ।
Read full story at source (canadanepal.com)