च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
rajdhanidaily.com · Mon Jul 20 05:28:38 GMT 2026

कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका छन्। भीमदत्त नगरपालिका-१९ को बागफाँटाका उनीहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन्।
स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए। च्याउ खोज्न भनेर जंगल पसेका बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका हुन्।
Read full story at source (rajdhanidaily.com)