नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं अध्यक्षमा महर्जन
nagariknews.nagariknetwork.com · Mon Jul 20 05:18:03 GMT 2026

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा पाँचौं जिल्ला अधिवेशनले रत्नकाजी महर्जन ‘मन’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौं बालाजुमा शनिबार सम्पन्न अधिवेशनले महर्जनको अध्यक्ष्तामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
कार्य समिति उपाध्यक्षमा वीरेन्द्र शाक्य, महिला उपाध्यक्षमा विमला मानन्धर, सचिवमा राजेन्द्र मानन्धर ‘नीलः’, सहसचिवमा सुविन्द्र श्रेष्ठ, महिला सहसचिवमा तुलसी केशरी प्रजापति तथा कोषाध्यक्षमा प्रशान्त डंगोललाई निर्वाचित भएका छन्। सदस्यहरूमा कृष्णमान श्रेष्ठ, रश्मी नापित, सलिना शाक्य, रविन्द्र बज्राचार्य, नहकुल महर्जन, अस्मिता श्रेष्ठ, सागर राजलवत र किचः सिंह चयन भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)