प्रश्नपत्र चुहावट विवादले भारतमा युवा आन्दोलन उग्र, संसद् घेराउको चेतावनी
aarthiknews.com

नयाँदिल्ली । प्रश्नपत्र चुहावट र शिक्षा प्रणाली सुधारको माग गर्दै भारतमा युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन चर्किएको छ। प्रहरीको अनुमति नपाए पनि हजारौँ प्रदर्शनकारी सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले राजधानी नयाँदिल्लीमा भेला भएका छन्।
राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् भवन आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउडस्पीकरमार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ।
Read full story at source (aarthiknews.com)