होलोकास्टका पीडितहरुको सम्झनामा काठमाडौंमा कार्यक्रम
newsofnepal.com · Mon Jan 27 17:43:35 GMT 2025

सन् १९३० देखि ४० को दशकसम्म नाजी शासनद्वारा राज्य प्रायोजित र योजनाबद्ध रुपमा होलोकास्टको क्रममा बर्बरतापूर्वक हत्या गरिएका १५ लाख बालबालिकासहित ६० लाख यहुदीहरुको सम्झनामा ६ वटा मैनबत्ती बालेर सोमबार राजधानीमा अन्तर्राष्ट्रिय होलोकास्ट दिवस मनाइयो । काठमाडौंस्थित इजरायली दूतावास र जर्मनी दूतावासले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले होलोकास्ट केवल यहूदी समुदायको वा युरोपको मात्रै दुःखान्त नभई मानव इतिहासकै अँध्यारो दिन भएको टिप्पणी गरे । उनले अझै पनि यहुदी समुदायले मानसिक रुपमा होलोकास्टको त्रास झेलिरहेको जिकिर गर्दै यस्तो बर्बरता फेरि नदोहरियोस् भन्नेमा सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा जर्मनी दूताबासका उपप्रमुख बेन्जामिन सिडेलले होलोकास्ट ग्यास चेम्बरबाट शुरु भएको भन्दा पनि घृणाका शब्दहरुबाट शुरु भएको जिकिर गर्दै लोकतन्त्रमा यस्तो बर्बरता र क्रूरता सह्य नहुन बताए । जर्मनी यस्तो भेदभावविरुद्ध दृढ रुपमा उभिएको जानकारी दिँदै उनले जर्मनी अहिले इजरायलको सबैभन्दा ठूलो व्यापार साझेदार भएको तथ्य उजागर गरे ।
Read full story at source (newsofnepal.com)