मध्यपूर्व तनाव चर्किँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरमाथि
nepalnews.com · Mon Jul 20 05:40:46 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा माथि पुगेको छ।
ब्रेन्ट क्रुडको मूल्य २.३३ प्रतिशत अर्थात् २.०५ डलरले वृद्धि भई प्रतिब्यारेल ९०.१५ डलर पुगेको हो। यो मूल्य गत जुन ११ यताकै उच्च स्तर हो। यसअघि गत साता मात्रै ब्रेन्ट क्रुडको मूल्य १५.९ प्रतिशतले बढेको थियो, जुन अप्रिलयताकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि भएको बताइएको छ।
Read full story at source (nepalnews.com)