शेयर बजारमा प्यानिकबीच प्रधानमन्त्री बालेनको चासो, आज सरोकारवालासँग उच्चस्तरीय छलफल
barnanmedia.com · Mon Jul 20 06:27:20 GMT 2026

काठमाडौं । पछिल्लो समय शेयर बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्तामा बढ्दो प्यानिकका बीच प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग आज विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ बजे हुने बैठकमा पुँजी बजारको वर्तमान अवस्था, लगानीकर्ताको मनोबल, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका आवश्यकतासहित समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा व्यापक छलफल हुने कार्यक्रम रहेको छ।
Read full story at source (barnanmedia.com)