नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
ratopati.com · Mon Jul 20 06:50:24 GMT 2026

काठमाडौँ । नक्शालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार तथा पुन:स्थापना गरिएको छ। बाल मन्दिर नक्शालमा रहेका बालबालिका जोखिममा रहेको सूचनाका आधारमा गत साउन २ गते अनुगमन गरी उनीहरूको उद्धार गरिएको हो।
महिला, बालबालिका, लिङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ र बाल हेल्पलाइन १०९८ को टोलीले उद्धार गरेको हो। उद्धार टोलीमा काठमाडौँ महानगरपालिका १ नम्बर वडा समिति सदस्य, महानगर बाल उद्धार कार्यदल संयोजक, काठमाडौँ महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त मालिगाउँका प्रतिनिधिको समेत सहभागिता थियो।
Read full story at source (ratopati.com)